दफा ७ख
सम्झौता बमोजिम हुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार र विदेशी मित्र राष्ट्र वा कुनै संस्थाबीच भएको द्विपक्षीय तथा बहुपक्षीय समझदारी वा सम्झौतामा छात्रवृत्ति सम्बन्धी छुट्टै शर्त तथा बन्देज भएकोमा त्यस्तो छात्रवृत्ति सम्बन्धमा सोही समझदारी वा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।